२०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाण्डु टुडे २०७८ साउन २६ गते १२:३९ मा प्रकाशित

काठमाण्डु, २६ साउन– नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य थप १० रुपैयाँले घट्न पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मंगलबार सुन गत सोमबारको तुलनामा प्रतितोला २०० रुपैयाँले बढ्दै ८९ हजार २०० रुपैयाँ उक्लिएको हो ।

तर, यता चाँदीको मूल्य भने गत सोमबारको मूल्यमा समेत प्रतितोला १० रुपैयाँले घट्दै मंगलबार एक हजार २०५ रुपैयाँमा झरेको महासङ्घले जनाएको छ । गत हप्तादेखिको निरन्तर ओरालो यात्रामा रहेको चाँदीको मूल्य थप मंगलबार समेत घट्न पुगेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us