अर्थमन्त्री शर्मालाई आर्थिक संघको मानार्थ सदस्यता प्रदान

काठमाण्डु टुडे २०७८ साउन २५ गते १६:२९ मा प्रकाशित

काठमाण्डु, २५ साउन– अर्थमन्त्री जनार्दन शर्मालाई नेपाल आर्थिक संघको मानार्थ सदस्यता प्रदान गरिएको छ । अर्थविद्हरुको साझा संस्थाको रुपमा समेत रहेको उक्त आर्थिक संघमा सोमबार मन्त्री शर्मालाई मानार्थ सदस्यता प्रदान गरिएको हो ।

 मन्त्री शर्माले देशको अर्थतन्त्र हाँक्न अर्थ मन्त्रालय वा सरकार मात्र पर्याप्त नहुने भन्दै विषय विज्ञहरुको ज्ञान र अनुभवलाई समेत निरन्तर जोड्ने खालको कुनै न कुनै संयन्त्र आवश्यक भएको र यस विषयमा आफुले योजना समेत बनाइरहेको जानकारी दिए ।

सो अवसरमा सदस्यताको प्रमाणपत्र बुझ्दै मन्त्री शर्माले विज्ञतालाई अर्थमन्त्रालयसँग जोड्ने संयन्त्रको आवश्यकता रहेको औंल्याए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us