
काठमाण्डु, २२ जेठ– नेपाल प्रिमियर लिग ट्वान्टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अनिश्चितकालका लागि स्थगित भएको छ ।
नेपाल क्रिकेट संघभित्रको विवाद र कीर्तिपुर मैदानमा कर्मचारीहरूले गरेको तालाबन्दीका कारण एनपीएल अनिश्चित बनेको हो ।
व्यवस्थापक जोहरा स्पोर्टस् म्यानेजमेन्टका अमिर अख्तरले आज विज्ञप्ति निकालेर टी–२० प्रतियोगिता प्राविधिक कारण देखाउँदै स्थगित गरिएको जनाएका हुन् । प्रतियोगितामा सहभागी कर्पोरेट हाउसहरूले समेत क्यानको विवादपछि खेल्न मानेका छैनन् ।
जोहराले कीर्तिपुर मैदान दिने क्यान अध्यक्ष टंक आङबुहाङको पत्र देखाए पनि कर्पोरेट हाउसहरूले क्यान विभाजित भएको भन्दै बहुमतको समर्थन चाहिने बताएका छन् ।