ओरालो लाग्दै सुनको मूल्य

काठमाण्डु टुडे २०७८ साउन ७ गते ११:५४ मा प्रकाशित

काठमाण्डु, ७ साउन– आज नेपाली बजारमा सुनको मूल्य थप ७०० रुपैयाँले घटेको छ । गत बुधबार तोलामा ७०० रुपैयाँले घटेर ९२ हजार ५०० रुपैयाँ कायम भएको सुनको मूल्य बिहीबार थप पुनः ७०० रुपैयाँले नै घट्दै ९१ हजार ८०० रुपैयाँमा झरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको छ भने तेजाबी सुनको मूल्य ९१ हजार ३०० रुपैयाँ कायम भएको छ ।

तर, यता चाँदीको मूल्य भने गत हप्ता देखिको लगातार गिरावटको क्रम भङ्ग गर्दै बिहीबार प्रतितोला १० रुपैयाँले वृद्धि हुँदै एक हजार २७० रुपैयाँमा उक्लिएको महासंघले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us