सुनचाँदीको मूल्य स्थिर

काठमाण्डु टुडे २०७८ साउन १ गते ११:४६ मा प्रकाशित

काठमाण्डु, १ साउन– आज साउन १ गते नेपाली बजारमा सुनचाँदीको मूल्यमा स्थिरता आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार गत बिहीबारकै मूल्य कायम हुँदै सुन प्रतितोला ९३ हजार २०० र चाँदी १ हजार ३२० रुपैयाँ कारोबार भएको हो ।

यस दिन तेजाबी सुनको मूल्य समेत गत बिहीबारकै मूल्य प्रतितोला ९२ हजार ७०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us