बढ्यो सुनको मूल्य

काठमाण्डु टुडे २०७८ असार ३० गते १२:२८ मा प्रकाशित

काठमाण्डु, असार– बुधबार नेपाली बजारमा सुनको मूल्य ३०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३०० रुपैयाँले बढेर ९२ हजार ७०० रुपैयाँ पुगेको हो ।

यस दिन तेजाबी सुन समेत गत मंगलबारको तुलनामा प्रतितोला ३०० रुपैयाँले नै बढेर ९२ हजार २०० रुपैयाँ कायम भएको छ ।

यता चाँदीको मूल्य भने गत सोमबारको मूल्यमा प्रतितोला ५ रुपैयाँले घटेर बुधबार एक हजार ३१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us