काठमाण्डु, २३ असार– नेप्सेमा पुन: गिरावट आएको छ । अघिल्लो दिन पाँच दशमलव २४ अंकले घटेको नेप्से साताको चौथो कारोबार दिन आज (बुधबार ) पुनः १६ दशमलव ९७ अंकले घटेर २८ सय एक दशमलव १३ अंकमा झरेको छ ।
यसैगरी सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव पाँच अंकले घटेर पाँच सय २५ दशमलव २४ अंकमा पुगेको छ । नेप्सेमा आज दुई सय २२ वटा कम्पनीहरुको ४६ हजार एक सय ८३ पटकको कारोबारमा एक करोड १६ लाख ६४ हजार दुई सय सात कित्ता सेयर खरिद बिक्री भएकामा कुल कारोबार रकम चार अर्ब ५८ करोड ५८ लाख ६१ हजार नौ सय ७६ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३वटा समूहको कारोबार हुँदा विकास बैंक समूहको सूचक ११ दशमलव छ अंकले बढेर चार हजार दुई सय २२ दशमलव ३४ अंकमा पुग्दा लघुवित्त समूहको सूचक पनि बढेको छ ।
यीबाहेक बाँकी समूहको सूचक भने घटेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक तीन दशमलव ७१ अंकले घटेर १९ सय नौ दशमलव ६२ अंकमा झरेकोमा निर्जीवन बिमा समूहको सूचक पनि एक सय ४४ दशमलव ७७ अंकले घटेर १३ हजार आठ सय ९५ दशमलव ७९ अंकमा झरेको छ ।
जीवन बिमा समूहको सूचक पनि ७५ दशमलव आठ अंकले घटेर १६ हजार आठ सय ८३ दशमलव ८६ अंकमा झरेकोमा जलविद्युत, ट्रेडिङ, होटेल तथा पर्यटन, फाइनान्स, उत्पादनमुलक, अन्य, सामूहिक लगानी कोष र लगानी समूहहरुको सूचक पनि घटेका छन् ।
आज सेञ्चुरी कर्मसियल बैंकको संंस्थापक सेयरको मूल्य तीन दशमलव ५७ प्रतिशतले बढेर एक सय १६ रुपैयाँमा कारोबार हुँदा अपर तामाकोशी हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य भने पाँच दशमलव ४५ प्रतिशतले घटेर छ सय ७७ रुपैयाँमा कारोबार भएको छ ।
यसैगरी आज छिमेक लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता १६ सय ९९ रुपैयाँ अन्तिम मूल्यमा ४३ करोड ५४ लाख २७ हजार ३७ रुपैयाँको कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कुल कारोबारमध्ये सबै भन्दा बढी हो ।