काठमाण्डु, १९ जेठ – (अपडेट) प्यूठानको स्वर्गद्वारीबाट तीर्थयात्रु लिएर फर्कदै गरेको बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।
दुर्घटनास्थलमा उद्दारकार्य चलिरहेको र अहिलेसम्म ८ जनाको शव भेटिएको स्थानीय बासिन्दाले बताएका छन् ।
पश्चिम नेपाल यातायातको लु १ ख ३८०३ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्वर्गद्वारी दर्शनका लागि आएको बस सडकबाट करिब १ सय मिटर तल खसेको छ । बसमा भारतीय तीर्थयात्री रहेको अनुमान प्रहरीले गरेको छ ।