
काठमाण्डु, १९ जेठ– सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव युवराज लामालाई पुनर्वहाली गरेको छ ।
सर्वोच्चले अर्को आदेश नभएसम्मका लागि लामालाई बहाली गर्न सोमबार अन्तरिम आदेश जारी गरेको हो ।
युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले लामासहित राखेपका सात पदाधिकारीलाई अवधि सकिएको भन्दै बर्खास्ती गरेका थिए । आफूलाई बर्खास्त गर्ने मन्त्रीको निर्णय कानुनविपरीत भन्दै लामा अदालत गएका थिए । अदालतले विपक्षीलाई आगामी जेठ २६ गते अदालतमा बोलाएको छ ।