काठमाण्डु, १४ जेठ– नेपाली बजारमा आज सुन चार सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आज प्रतितोला ९३ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सुन हिजो तोलाको ९४ हजार दुई सय रुपैयाँ कारोबार भएको थियो ।
त्यस्तै तेजावी सुनको मूल्य ९३ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी चाँदीको मूल्य आज पनि स्थिर रहेको छ । चाँदी आज पनि तोलाको १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।