एघार स्मार्ट सिटीको बहुवर्षीय आयोजना स्वीकृत

रासस २०७८ जेठ ६ गते १६:३६ मा प्रकाशित

एघार स्मार्ट सिटीको बहुवर्षीय आयोजना स्वीकृत - NepalTimesकाठमाण्ड, ६ जेठ– प्रधानमन्त्री  केपी शर्मा ओलीले राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा पुनः नियुक्त भएका डा पुष्पराज कँडेललाई पद तथा गोपनीयताको शपथ गराएका छन् । नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्रीमा पुनः नियुक्त भएपछि डा. कँडेललाई पनि आयोग उपाध्यक्षमा पुनः नियुक्त गरिएको हो ।

हालै बसेको मन्त्रिपरिषद् बैठकले सदस्यमा डा.कृष्णप्रसाद ओली, डा.उषा झा र मीनबहादुर शाहीलाई पनि आयोगको गठन आदेश बमोजिम नियुक्त गरेको थियो ।  शपथ ग्रहणपछि डा. कँडेलले आजै पदभार ग्रहण गर्दै मुलुकका एघार  स्मार्ट सिटीको बहुवर्षीय आयोजना स्वीकृत गर्ने निर्णय गर्नुभएको उनका प्रेस विज्ञ रामेश्वर कार्कीले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us