घट्यो सुनचाँदीको मूल्य

काठमाण्डु टुडे २०७८ जेठ ५ गते १२:३८ मा प्रकाशित

काठमाण्डु, ५ जेठ–  बुधबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक सय रुपैयाँले र चाँदी प्रतितोला २० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँ कायम भएको छ भने तेजाबी सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै यता चाँदी भने गत मंगलबारको तुलनामा प्रतितोला २० रुपैयाँले घट्दै आज एक हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us