नेप्से हालसम्मकै उच्च बिन्दुमा

काठमाण्डु टुडे २०७८ जेठ ३ गते १५:४९ मा प्रकाशित

काठमाण्डु, ३ जेठ– सेयर बजार मापक नेप्से २०.७ अंकले बढेर नयाँ रेकर्ड कायम भएको छ ।

साताको दोश्रो कारोबार दिन सोमबार नेप्से बढेर हालसम्मकै उच्च बिन्दु २ हजार ७ सय ५९ दशमलब २१ अंकमा पुगेको छ । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलब ४५ अंकले उकालो लागेको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा भने केही कमी आएको छ । सोमबार ९ अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको कारोबार भयो ।

आइतबार नेप्से ५४ अंकले वृद्धि हुँदा १० अर्ब बढीको शेयर कारोबार भएको थियो । अधिकांश सूचक हरियाली हुँदा होटल तथा पर्यटन र विकास बैंकको शेयर भने केही घटेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us