सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाण्डु टुडे २०७७ चैत १२ गते १२:४५ मा प्रकाशित

काठमाण्डु, १२ चैत– नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । यस्तै चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा ८६ हजार ९०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै तेजाबी सुन तोलामा ८६ हजार ४५० रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच बिहीबार चाँदीको मूल्य तोलामा १२३० रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधबार चाँदी तोलामा १२४० रुपैयाँमा कारोबार भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us