बढ्दो बजारलाई भोल्यूमको साथ

काठमाण्डु टुडे २०७७ चैत ८ गते १७:०१ मा प्रकाशित

काठमाण्डु, ८ चैत– पछिल्लो केही दिन बढ्दो क्रममा रहेको बजारलाई आइतबार भोल्यूमले पनि साथ दिएको छ।

विगत दुई कारोबार दिनमा नेप्से परिसूचक उकालो लागेपनि भोल्यूम नआएका कारण लगानीकर्ताहरु बजार फर्किएकै हो भन्ने कुरामा निश्चित हुन सकेका थिएनन्।

तर, यस दिन नेप्सेको वृद्धिलाई कारोबार रकम ९भोल्यूम० पनि साथ दिएको छ। यसले गर्दा लगानीकर्ताहरु बजार फर्किएकै हो भन्ने कुरामा करिब ९५ प्रतिशत पक्का भइरहेका छन्।

‘पछिल्ला दिनहरुमा बजार बढेपनि लगानीकर्ताहरु ५ अर्बभन्दा बढी भोल्यूमको पर्खाइमा भएको,’ एक विश्लेषकले बताए, ‘र आज त्यो भोल्यूम आएको छ । त्यसैले, अब बजार फर्किएकै हो भन्नेमा लगानीकर्ताहरु करिब निश्चित नै भइसकेका छन्।’

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ६३.३८ अंक बढेर २५३८.४६ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ९.४४ अंक बढेर ४५३.५९ विन्दुमा पुगेको छ ।

यस दिन २०६ कम्पनीको ८० हजार ९८६ पटकको कारोबारमा ५ अर्ब ९१ करोड ९८ लाख रुपैयाँभन्दा बढीको १ करोड २४ लाख ३० हजार कित्ता शेयर खरिदबिक्री भएको छ। नेप्सेसँगै कारोबार रकम पनि बढेपछि लगानीकर्ताहरु उत्साहित भएको छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us