काठमाण्डु, ८ चैत– बजारमा आइतबा सुनको मूल्य बढेको छ ।
शुक्रबार तोलामा ८६ हजार ७ सय रुपैयाँमा कारोबार र्भएको छापावाल सुन तोलामा ८७ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजाबी सुन तोलामा ८६ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको छ । यसैबीच आइतबार चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । शुक्रबार तोलामा १२ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार बढेर तोलामा १२ सय ८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।