नबिलमा मर्ज हुने हल्लाले ह्वात्तै बढ्यो बैंगलादेश बैंकको शेयर मूल्य

काठमाण्डु टुडे २०७७ चैत ५ गते १६:३१ मा प्रकाशित

काठमाण्डु, ५ चैत– साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल बंगलदेश बैंकको शेयर मूल्य आकाशिएको छ ।

लामो समयसम्म मूल्य स्थिर रहेको बैंकको शेयर बिहीबार सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । बढी कारोबार भएका कम्पनीको शीर्ष स्थानमा बंगलादेश बैंक परेपछि बजारमा हल्लीखल्ली मच्चिएको छ । एकै दिन बैंकको ७६ करोड ७६ लाखन्दा बढीको शेयर कारोबार भएको छ ।

उक्त बैंकको शेयर मूल्य ९.७५ प्रतिशतले बढेर ३ सय ४९ रुपैयाँ पुगेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us