साताको अन्तिम दिन उकालो लाग्यो नेप्से

काठमाण्डु टुडे २०७७ चैत ५ गते १६:२१ मा प्रकाशित

काठमाण्डु, ५ चैत– साताको अन्तिम कारोबार दिन शेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ ।

बिहीबार नेप्से परिसूचक ४२.९५  अंकले बढेर २ हजार ४ सय ७५ रुपैयाँ ९ बिन्दुमा पुगेको छ । २ सय १३ कम्पनीका ५७ हजार ४ सय ८२ पटकको कारोबारमा ४ अर्ब ६६ करोड १७ लाख ९२ हजार रुपैयाँ बराबरको १ करोड १६ लाख ५७ हजार कित्ता शेयर कारोबार भएको नेपाल स्टक एक्स्चेन्जले जनाएको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा एक अर्बको वृद्धि भएको छ । बिहीबार चार कम्पनीका शेयर सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ ।  नेप्सेसँग कारोबार रकममा पनि वृद्धि भएको छ । ग्रिन लाइफ हाइड्रोपावर, युनाइटेड इदी मार्दी, चन्द्रागिरी हिल्स र नेपाल बंगलादेश बैंकको शेयर सकारात्मक लेभलमा कारोबार भएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us