सुनचाँदीको मूूल्य वृद्धि

काठमाण्डु टुडे २०७७ चैत ५ गते १४:५४ मा प्रकाशित

काठमाण्डु, ५ चैत– नेपाली बजारमा  बिहीबार सुनको मूल्य सामन्य बढेको छ ।

बुधबार सुनको मूल्य ८६ हजार ९ सय थियो, भने बिहीबार ३ सयले बढेर ८७ हजार २ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, सुनसँगै चाँदीको मूल्य पनि बढेको छ ।

आज चाँदी तोलामा २० रुपैयाँले बढेर तोलामा १२ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us