काठमाण्डु, ४ चैत– नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ८६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावल सुन बुधबार बढेर तोलामा ८६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै तेजाबी सुन तोलमा ८६ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको छ । यस्तै मंगलबार १२ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य १० रुपैयाँले घटर तोलामा १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।