सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाण्डु टुडे २०७७ चैत ३ गते २२:३४ मा प्रकाशित

काठमाण्डु, ३ चैत– सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोल तथा डिजेल र मट्टितेलमा मूल्य वृद्धि गर्ने निर्णय गरेको हो । पेट्रोल, डिजेल र मट्टितेलमा समान २ रुपैयाँका दरले मूल्य वृद्धि भएको निगम प्रवक्ता निनितमणि उपाध्यायले जानकारी दिए । योसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय १८ ताथ डिजेल र मट्टितेलको मूल्य १ सय रुपैयाँ कायम भएको छ ।

यस्तै निगमले हवाई इन्धन (आन्तरिक उडान तर्फको) मा २ रुपैयाँ वृद्धि गरेकोे छ । खाना पकाउने एलपी ग्यास र अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्यमा भने वृद्धि नगरिएको प्रवक्ता उपाध्ययले बताए ।

उनले पछिल्लो मूल्य वृद्धिपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ९ रुपैयाँ ३५ पैसा, डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ ८० पैसा र एलपी ग्यासमा प्रति सिलिण्डर ३ सय ९२ रुपैयाँ ८२ पैसा घाटा रहेको बताए ।

निगमको १५ दिनको व्यापार घाटा करिब १ अर्ब २७ करोड ७० लाख हुने उनको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us