सुनको मूल्य बढ्यो

काठमाण्डु टुडे २०७७ चैत १ गते ११:२९ मा प्रकाशित

काठमाण्डु, १ चैत– नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ ।

शुक्रबार तोलामा ८६ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छापावाल सुन आईतबार बढेर तोलामा ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदी तोलामा १२ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ ।  

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us