
काठमाण्डु, १४ फागुन– महिला लघुवित्त वित्तीय संस्थाको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले शुक्रबार आइपिओ निष्काशन गरेको हो । उक्त कम्पनीको आइपीओमा १५ लाख ४० हजार ३५ जनाको आवेदन परेको थियो । जसमध्ये १५ लाख ३६ हजार ६ सय ८२ जनाको आवेदन सदरकामा ३७ हजार ५ सय लगानीकर्ताले मात्र १० कित्ताका दरले शेयर हात पारेका छन् । यो आएपिओ माग गर्दै आवेदन दिनेको जम्मा २ प्रतिशत मात्र हो ।
महिला लघु वित्तले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता साधारण सेयर निष्काशन गरेको थियो । जसमध्ये १ सय ५३ कर्मचारीका लागि ५ हजार कित्ता, र सामूहिक लगानी कोषका लगानीकर्ताका लागि २० हजार कित्ता रु बाँकी सर्वसाधारणलाई छुट्याइएको थियो । यसैबीच आइपिओको नतिजा हेर्न समस्या भएको हो । सञ्चार माध्यमलाई आइपिओको नतिजा उपलब्ध नगराउने धितोपत्र बोर्डको निर्देशनका कारण योपटक आवेदकलाई नतिजा हेर्न समस्या भएको हो ।
बोर्डको निर्देशनपछि शेयर निष्काशनकर्ता कम्पनी, शेयर निष्काशन तथा बिक्री प्रबन्धकको वेवसाइट वा मेरो शेयरको एप्सबाट मात्र नतिजा हेर्न सकिने भएको छ ।