विद्यार्थीले केपी ओलीको ‘बुख्याँचा’ लाई नारायणहिटी अगाडि जुत्ता प्रहार गर्ने

काठमाण्डु टुडे २०७७ फागुन १० गते ११:२३ मा प्रकाशित

काठमाण्डु, १० फागुन– नेकपा प्रचण्ड– नेपालनिकट विद्यार्थी संगठन अनेरास्ववियुले प्रधानमन्त्री केपी ओलीको ‘बुख्याँचा’ बनाएर जुत्ता प्रहार गर्ने भएको छ ।

अनेरास्ववियुले आज दिउँसो अपराह्न २ बजे दरबारमार्गस्थित नारायणहिटी दरबार संग्रहालय अगाडि ओलीको ‘बुख्याँचा’ लाई जुत्ता हान्ने कार्यक्र तय गरेको हो ।

अनेरास्ववियुका नेता सुरेन्द्र बस्नेतले ओलीलाई प्रतिगमनको प्रतीक बनाएर प्रतिगमनविरुद्ध जुत्ता प्रहारको कार्यक्रम राखिएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us