कैलालीमा कोरानाबाट एक जनाको मृत्यु

काठमाण्डु टुडे २०७७ फागुन १० गते १०:१८ मा प्रकाशित

कैलाली, १० फागुन– कैलालीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेका गोदावरी नगरपालिका–२ का ७० वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको हो । मृतक गत ३ फागुनमा अस्पताल भर्ना भएका थिए ।

अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले भेन्टिलेटरमा उपचार गराइरहेका बेला उनको मृत्यु भएको जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us