ग्लोबल आईएमई बैंकका ब्रान्च मेनेजरको दुर्घटनामा मृत्यु

रासस २०७७ फागुन ८ गते १२:४६ मा प्रकाशित

झापा, ८ फागुन– झापामा मोटरसाइकल दुर्घटना, एकको मृत्यु पूर्वपश्चिम राजमार्गको मेचीनगर–१३ स्थित चारआलीमा सवारी दुर्घटनामा परी ग्लोबल आइएमइ बैंक फिक्कलका शाखा प्रमुख अनन्त आचार्यको मृत्यु भएको छ ।

शुक्रबार मे११प ४४७८ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको मे११प ११३१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा उनी गम्भीर घाइते भएका थिए ।

घाइते आचार्यको विर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचारकै क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी मे ११ प ११३१ नम्बरको मोटरसाइकलमा सवार दुई जना घाइते भई उपचार भइरहेको छ । दुवै मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us