च्याम्पियन्स लिगको उपाधि रियल म्याड्रिडलाई

काठमाण्डु टुडे २०७१ जेठ ११ गते २:२६ मा प्रकाशित

यूरोपको प्रतिष्ठित फुटवल प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि स्पेनिस  क्लब रियल म्याड्रिडले जितेको छ ।

शनिबार राती भएको खेलमा अर्को स्पेनिस क्लब एटलेटिको म्याड्रिडलाई ४–१ गोलले हराउँदै रियलले उपाधि जितेको हो । अन्तिम एक मिनेट खेल जोगाउन नसक्दा एटलेटिकोले उपाधि गुमायो ।

रियलको यो दशौं उपाधि हो । दशौं पटक च्याम्पियन्स लिग उपाधि जित्ने रियल पहिलो क्लब हो । ३६ औं मिनेटमा डिएगो गोडिनको गोलमा अग्रता लिएपनि एटलेटिकोले जोगाउन सकेन र ९० औं मिनेटमा गोल खायो । रियलका लागि सर्जियो रामोसले बराबरी गोल गरे ।

त्यसपछि थपिएको ३० मिनेटमा रियल पुरै हावी भयो र तीन गोल गर्दै उपाधि जित्यो । उसका लागि क्रिस्टियानो रोनाल्डो, गाराथ बेल र मार्सेलोले गोल गरे । एञ्जेल डि मारियाले गोल गर्ने अवसर मिलाउन महत्वपूर्ण भूमिका खेले ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us