काठमाण्डु, १७ माघ– नेपाल आयल निगमले बिक्रेताहरुको दबाबमा पेट्रोलियम पदार्थको कमिसन वृद्धि गरेको छ ।
निगम सञ्चालक समिति बैठकले बिक्रेताको कमिसन वृद्धि गरेको हो । निगमको निर्णयअनुसार बिक्रेताले अब डिजेलमा प्रतिलिटर २१ पैसा (२.६५ प्रतिशत) र पेट्रोलमा १२ पैसा (३ प्रतिशत) कमिसन पाउनेछन् । योसँगै एक ट्याङकरमा २ हजार ४ सय र डिजेलमा ४ हजार २ सय रुपैयाँ कमिसन थपिने छ ।
निगमले थप गरिएको कमिसन रकम उपभोक्ताको मूल्यमा थप हुने जनाएको छ । व्यवसायीले कमिशन नबढाएको विरोधमा पेट्रोलियम पदार्थ बिक्री रोक्ने सहितका आन्दोलन कार्यक्रम घोषणा गरेका थिए । निगमले कमिशन बढाएसँगै व्यवसायीले आइतबारदेखि गर्ने भनिएको आन्दोलन फिर्ता लिएका छन् ।