
काठमाण्डु, २ माघ– काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले नै प्रतिनिधिसभा विघटन असंवैधानिक भएको स्वीकार गरिसकेको दाबी गरेका छन् ।
ओली स्वयंले प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको बताइसकेकाले आन्दोलनमा उत्रिन पार्टी कार्यकर्ता र आमजनतामा अपिल गरेका छन् । सबै मिलेर एकसाथ असंवैधानिक कदमबारे आवाज उठाउन सके उक्त आवाज सर्वोच्च अदालतसम्म पुग्ने र प्रतिनिधिसभा पुर्नस्थापना हुने पौडेको भनाइ छ । ‘
केपी ओली आफैं भनिरहेका छन्, यो राजनीतिक निर्णय हो’, एक भिडियो सन्देश जारी गर्दै पौडेलले भनेका छन्, ‘ओलीले यो विधानको कुरा होइन भनेका छन् ।’ ओलीको असंवैधानिक कदमले संविधानमा ठूलो क्षति भएको पौडेलले बताए ।