जागिर छाडेर दूग्ध व्यवसायमा

काठमाण्डु टुडे २०७७ कार्तिक २६ गते ११:१२ मा प्रकाशित

सल्यान, कार्तिक २६ – प्राविधिक जागिर छोडेर दूग्ध व्यवसाय सञ्चालन गरेका एक व्यावसायीले वार्षिक ३० लाखभन्दा बढी आम्दानी गर्न थालेका छन् । वागचौर नगरपालिका–७ का प्रेमबहादुर डिसीले व्यवसाबाट स्वरोजगार हुँदै १५ जना स्थानीयलाई रोजगारी दिएका छन् ।

दैनिक ४० लिटरबाट दूध संकलन गरेका व्यवसायी डिसीले अहिले दैनिक तीन हजार लिटरभन्दा बढी दूध संकलन गर्दै आएका छन्। अहिले उनको जीवन डेरी उद्योगकोबाट पहिलोपटक जिल्लाबाहिर पनि दूध निर्यात हुन थालेको छ ।

विसं। २०६९ सालमा लघु उद्यम विकास कार्यक्रममा कृषि उद्यम विकास सहजकर्ताको जागिर छाडेर व्यवासय सञ्चालन गरेका डिसीले अहिले पश्चिम रुकुमको त्रिवेणी गाउँपालिकाबाट समेत दूध संकलन शुरु गरेको बताउन्छन्। उद्योगबाट हाल दुइ जिल्लाका पाँच सयभन्दा बढी लाभ लिइरहेका छन् ।

विसं। २०६८ मा जिल्ला पशु सेवा कार्यालय सल्यानले दूध उत्पादनको सर्वेक्षण अनुसार जिल्लामा दैनिक १० हजार लिटर दूध उत्पादन हुन्छ । दूध बिक्री हुन थालेपछि भैसीपालनतर्फ किसानहरु आकर्षित भएको डिसीले जानकारी दिए।

व्यवसाय सञ्चालनका लागि हालसम्म करिब एक करोड ५० लाखभन्दा बढी लगानी गरिएको उनको भनाइ छ । किसानहरुले दूध उत्पादन गरी बिक्री वितरणबाट राम्रो आम्दानी गर्न थालेपछि दार्मा गाउँपालिकाले व्यावसायिक भैँसीपालनका लागि भैसी तथा राँगा समेत वितरण गरेको जनाएको छ ।रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us