आज फेरि बढ्यो सुनको भाउ

काठमाण्डु टुडे २०७७ भदौ १५ गते १३:०९ मा प्रकाशित

काठमाण्डु , १५ भदौ — नेपाली बजारमा आज पनि सुनको भाउ बढेको छ ।

आज तोलामा ३ सयले बढेर प्रतितोला ९७ हजार ५ सय रुपैयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
त्यस्तै , आज तेजावी सुन ९७ हजार रुपैयामा कारोवार भइरहेको महासंघले बताएको छ ।

यसैगरी, आज चाँदीमा पनि तोलामा २५ रुपैयाले बढेर प्रतितोला एक हजार ३ सय ६५ रुपैयामा किनबेच भइरहेको महासंघले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us