आज फेरि घट्यो सुनको भाउ

काठमाण्डु टुडे २०७७ भदौ ९ गते १२:३७ मा प्रकाशित

काठमाण्डु , ९ भदौ — नेपाली बजारमा सुनको भाउ आज मंगलबार पनि घटेको छ ।

हिजो प्रतितोला ९७ हजार ९ सयमा कारोवार भएको छापावाल सुन आज तोलामा ७ सयले घटेर ९७ हजार २ सय रुपैयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

त्यस्तै ,आज तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ७ सय रुपैयामा कारोबार भएको छ । भने चाँदीको मूल्य १३ सय २० रुपैयाँमा कोरोबार भएको महासंघले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us