काठमाण्डु , ८ भदौ — नेपाली बजारमा सुनको भाउ घट्ने क्रम जारी छ ।
आज तोलामा पाँच सयले घटेर छापावाल सुन प्रतितोला ९७ हजार ९ सयमा कारोवार भइरहको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । त्यस्तै आज तेजावी सुन प्रतितोला ९७ हजार ४ सयमा कारोवार भइरहेको छ ।
यसैगरी, आज चाँदीको मुल्य पनि घटेको छ । आज चाँदी तोलाको १३ सय २० रुपैंयामा किनबेच भइरहेको महासंघले बताएको छ ।