काठमाण्डु, ३२ साउन—कोभिड १९ कोरोना भाइरसँगै आकासिएको सुनको भाउ आज साताको पहिलो दिन तोलामा रु दूई सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९८ हजार ४ सय रुपैंयामा कारोवार भइरहेको छ ।
साताको अन्तिम दिन ८ सयले बढेको सुनको भाउ आज भने दूई सयले घटेको हो । त्यस्तै ,आज तेजावी सुन ९७ हजार ९ सयमा कारोवार भइरहेको महासंघले बताएको छ ।
यसैगरी, साताको अन्तिम दिन तोलामा ५० रुपैंयाले बढेको चाँदीको भाउ आज भने तोलामा ३० रुपैंयाले घटेको छ । आज चाँदी १३ सय २५ रुपैंयामा कारोवार भइरहेको महासंघले बताएको छ ।