काठमाण्डु , २९ साउन — हिजो एकै दिन तोलामा ६ हजारले घटेको छापावाल सुन आज भने तोलामै २ हजार ४ सयले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला ९७ हजार ८ सय रुपैंयामा कारोवार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको भाउ पनि आज बढेको छ ।
आज चाँदी प्रतितोला एक हजार २ सय ९५ रुपैंयामा कारोवार भइरहेको महासंघले बताएको छ ।
आज चाँदी तोलामा ८५ रुपैंयाले बढेको हो ।