झिनो अंकले बढ्यो नेप्से

काठमाण्डु टुडे २०७७ साउन २८ गते १५:५२ मा प्रकाशित

काठमाण्डु , २८ साउन — आज नेप्से झिनो अंकले बढेको छ । आज बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १ दशमलव ५१ अंकले बढेर १ हजार ४२५ दशमलव ३२ विन्दुमा कायम भएको हो ।

नेप्सेका अनुसार आज ९५ करोड १९ लाख ६० हजार २०८ को कारोबार भएको छ ।

कुल १ सय ८८ कम्पनीको कारोबार भएको बजारमा आज ९५ करोड १९ लाखको मात्रै सेयर किनबेच भए। दिनभरिमा २० हजार ७ सय १९ पटकको खरिदबिक्री हुँदा ३० लाख ३२ हजार कित्ता शेयर बिक्री भएको नेप्सेले जनाएको छ।

कुल १२ समूहको कारोबार भएकामा आज ६ समूहको हरियो र ६ समूहको कारोबार सूचक रातो देखिएको छ। आज सबैभन्दा बढी युनाइटेड इन्स्योरेन्सको ६ करोड २० लाखको कारोबार भएको छ। त्यसपछि नेपाल पुनर्बीमा कम्पनीको ६ करोड ३ लाखको, नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड ७८ लाखको, एनआईसी एसिया बैंकको ३ करोड ८७ लाखको र अजोड इन्स्योरेन्सको ३ करोड २७ लाखको कारोबार भएको छ।

आजको कारोबारमा साधना लघुवित्त वित्तीय संस्थाका सेयरधनीले सर्वाधिक ९.८९ प्रतिशत आम्दानी गरेका छन्। कम्पनीको सेयर प्रतिकित्ता ५२ रुपैयाँले बढेको हो। त्यसपछि घलेम्दीका सेयरधनीले पनि ९.२६ प्रतिशत कमाएका छन्। यसबाहेक आईएमई जनरल इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, नेपाल बंगलादेश बैंकका सेयरधनीले पनि सामान्य दरमा आम्दानी गरेका छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us