फेरि बढ्यो मुकेश अम्बानीको सम्पती , विश्वको चौंधो धनीमा अम्बानी

काठमाण्डु टुडे २०७७ साउन २५ गते १०:५० मा प्रकाशित

एजेन्सी । हालसालै रिलायन्स इन्डस्ट्रिज विश्वको दोस्रो ठूलो ब्रान्ड घोषित भएपछि मुकेश अम्बानी विश्वको चौथो धनी व्यक्ति बन्न सफल भएका छन् । अम्बानी रिलायन्स इन्डिस्ट्रिजका अध्यक्ष हुन् ।

ब्लूमबर्ग अर्बपति सूचकांकको रियल टाइम नेटवर्थका अनुसार अम्बानीको कुल सम्पत्ति ८०.६ अर्ब डलर सहित विश्वको चौथो धनीका स्थानमा उक्लिएका हुन्। सम्पत्तिको हिसाबले मुकेश अम्बानी अहिले फेसबुक संस्थापक मार्क जुकरबर्गको नजिक पुगेका छन् ।

फेसबुकको संस्थापक मार्क जुकरबर्ग मुकेश अम्बानी भन्दा अगाडि छन्। मार्क अहिले विश्वको तेस्रो धनी मानिस हुन् । त्यस्तै माइक्रोसफ्टका सह९संस्थापक बिल गेट्स दोस्रो स्थानमा छन् भने अमेजनका सीईओ जेफ बेजोस पहिलो स्थानमा छन । पछिल्लो क्रममा, मुकेश अम्बानीले एलबीएएमएचका बर्नार्ड अर्नोल्ड एण्ड फेमिलीलाई पछि पारेका हुन । बर्नार्ड अर्नोल्ड ५ औं स्थानमा छ भने ह्याथवेका वारेन बफेड छैठौं स्थानमा छन् ।

मुकेश अम्बानीको सम्पत्ति वृद्धि हुनुका थुप्रै कारणहरू छन् । रिलायन्स जिओले विश्वव्यापी रूपमा लगातार लगानी भित्र्याइरहेको छ । उही समयमा रिलायन्स ईन्डस्ट्रिजको मार्केट क्याप पनि निरन्तर बृद्धि भइरहेको छ । कम्पनीको शेयर मूल्य २१०० रुपैयाँभन्दा बढी छ भने मार्केट क्याप पनि १४ लाख करोडलाई पार गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us