काठमाण्डु, २३ साउन — नेपाली बजारमा सुनको भाउले इतिहास रच्ने क्रम जारी हरेको छ ।
हिजो प्रतितोला एक लाख दूई हजार पाँच सय रुपैंयामा कारोवार भएको छापावाल सुन आज आज तोलामा एक हजारले बढेर १ लाख ३ हजार ५ सय रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
महासंघका अनुसार ,आज तेजावी सुनको मूल्य १ लाख ३ हजार निर्धारण गरिएको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि आज बढेर प्रतितोला १४ सय ५ रुपैयाँ पुगेको छ । आज चाँदी तोलामा ६० रुपैंयाले बढेको हो ।