काठमाण्डु , २२ साउन – नेपाली बजारमा आज पनि सुनको भाउले आकाश छोएको छ ।
आज तोलामै ११ सयले बढेर प्रतितोला १ लाख २ हजार ५ सय रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । हिजो बुधबार तोलामा १६ सय बढेको थियो । त्यस्तै ,तेजावी सुनको मूल्य १ लाख २ हजार निर्धारण गरिएको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि आज तोलामा ५० रुपैयाँ बढेर तोलाको १३ सय ४५ रुपैयाँ पुगेको महासंघले बताएको छ ।