नेपाली बजारमा सुनको भाउले एक लाख नाघ्यो

काठमाण्डु टुडे २०७७ साउन २१ गते ११:२७ मा प्रकाशित

काठमाण्डु २१ साउन – नेपाली बजार सुनको भाउ आज आकाश छोएको छ ।

आज तोलामै १६ यसले बढेर प्रतितोला १ लाख १ हजार ४ सय रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । हिजो सोमबार प्रतितोला ९९ हजार ६ सयमा कारोबार भएको थियो ।

त्यस्तै , तेजावी सुनको मूल्य १ लाख ९ सय निर्धारण गरिएको छ ।

त्यसैगरी , चाँदीको मूल्य पनि आज बढेर प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us