
धनगढी २ जेठ – नेपाल प्रिमियर लिग एनएिल अन्तरगत शुक्रबार भएका खेलमा कान्तिपुर गोर्खाज र पञ्चकन्या तेज विजयी भएका छन् ।
धनगढीको फाप्ला मैदानमा भएको खेलमा कान्तिपुर गोर्खाज र कञ्चनपुरको कवर्ड हलमा भएको खेलमा पन्चकन्या तेज विजयी भएका हुन् ।
धनगढीको फाप्ला मैदानमा भएको कलर्स एक्स फ्याक्टर्स र कान्तीपुर गोर्खाज विचको खेलमा कान्तिपुरले १८१ रनको भारी जित निकालेको छ । टस जितेर व्याटिङ् गरेको कान्तिपुर गोर्खाजले पुरै ५० ओभर खेल्दै ९ विकेटको क्षतीमा २८७ रन बनायो ।
कान्तिपुरका प्रदीप ऐरीले ६७, सुवाष खकुरेलले २८, वसन्त रेग्मी र सुमन श्रेष्ठले २७ –२७, सन्तोष वराल र आकाष गुप्ताले २३–२३ तथा सुरेन्द्र चन्द, सन्तोष वरालले २०–२० रनको योगदान दिए । अमरसिह रौतेलले ३, राहुल विकले २ र हरीसन्कर शाहले २ विकेट लिए ।
२८८ रनको विजय लक्ष्य सहित मैदान उत्रिएको कलर्स एक्स फक्टर्स २५ आभेरमा सवै विकेट गुमाउदै १०३ रनमा समेटियो । कलर्सका फजल खाँले ३८, राजेश पुलामी १३ र कप्तान ज्ञानेन्द्र मल्लले १२ रन जोडे । अन्य व्याट्सम्यान क्रिजमा टिक्न सकेनन् ।
कलर्स अहिले सम्म भएका दुबै खेल गुमाउन पुगेको छ । आकास विष्ट र कप्तान वसन्त रेग्मीले ३ -३ ललीत सिह भण्डारीले २ र प्रदिप ऐरीले १ विकेट लिए । प्रतियोतिमा कान्तिपुरका प्रदीप ऐरी म्यान अफ दी म्याच घोषित भए ।
महेन्द्रनगरको कवर्डहलमा भएको पन्चकन्या तेज र जगदम्वा जायन्ट्स विचको खेलमा पन्चकन्याले २६ रनको जित दर्ता गरेको छ । टस जितेर व्याटिङ् गरेको पन्चकन्याले ४० ओभरमा छोट्याईएको खेलमा ४ विकेट गुमाउदै २०५ रन बनायो । पन्चकन्याका लागि कप्तान शरद भेषवाकरले सर्वाधिक ५६ रन जोडे ।
जवाफि व्याटिङ् गरेको जगदम्वा ३७ दशमलव १ ओभरमा सवै विकेट गुमाउदै १७९ रनमा समेटियो । शनिबार धनगढीको फाप्ला मैदानमा पञ्चकन्या तेजका विरुद्ध विशाल ग्रुप वारीयर्स र महेन्द्रनगरको कवर्डहलमा सगरमाथा लेजेन्ट्सका विरुद्ध कान्तीपुर गोर्खाजबीच हुनेछ ।