पोलिमर नोट छपाई भ्रष्टाचार प्रकरणः तीलक रावलसहित तीन जनालाई सफाई

काठमाण्डु टुडे २०७७ असार ३० गते २१:१० मा प्रकाशित

काठमाण्डु, ३० असार– पोलिमर नोट छपाइसम्बन्धी भ्रष्टाचार मुद्दामा मुछिएका नेपाल राष्ट्र बैंकका तत्कालीन गभर्नर डा. तीलक रावलसहित तीनै जनाले विशेष अदालतबाट सफाई पाएका छन् ।
मंगलबार विशेष अदालतका अध्यक्ष शिवराज अधिकारी तथा न्यायाधीशहरु बालेन्द्र रुपाखेती र शान्तिसिंह थापाको पूर्ण इजलासले उक्त भ्रष्टाचार प्रकरणमा रावलसहित राष्ट्र बैंक नोट विभागका प्रमुख उपेन्द्रकेशरी पौडेल र पोलिमर नोट प्रिन्टको जिम्मेवारी पाएको एजेन्टको स्थानीय प्रतिनिधि मे फ्लावर लिमिटेडका हिमालयबहादुर पाँडेलाई सफाई दिएको हो । नेपाल सरकारले २०७५ पुस ५ मा रावलसहित तीन जनाविरुद्ध २ करोड ७३ लाख रुपैयाँ र सोही बराबरको बिगो दाबीसहित मुद्दा दायर गरेको थियो ।

विशेष अदालतले आरोपी तीनै जना नोट छपाई प्रकरणमा प्रत्यक्ष संलग्न नदेखिएको, विश्वसनीय प्रमाणको अभाव भएको तथा शंकाकै आधारमा उनीहरुमाथि मुद्दा चलाइएको ठहर गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us