नेप्सेमा नौ अङ्कको वृद्धि

रासस २०७७ असार २८ गते १९:१५ मा प्रकाशित

काठमाण्डु, २८ असार– धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक नौ अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ९.०१ अङ्कले बढेर एक हजार ३४०.२९ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.९३ अङ्कले बढेर २८१.४२ मा पुगेको छ ।

आज कूल १७९ कम्पनीका २६ लाख ७८ हजार ५०७ कित्ता शेयर रु एक अर्ब ११ करोड १० लाख ९० हजार २७२ मा खरिद बिक्री भए । कारोवार भएका कूल १२ मध्ये पाँच उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ १.१४ अङ्कले घट्दा होटल ५३.२२, विकास बैंक ४.०१, जलविद्युत् ०.३८ र सामूहिक लगानी कोष ९.९१ अङ्कले गिरावट आएको छ । व्यापार १.०६, वित्त ६.५४, निर्जीवन बीमा ८०.५४, उत्पादन १७.३५, अन्य ७.७८, लघुवित्त ८२.६४ र जीवन बीमा १९७.२४ अङ्कले बढेको छ ।

कारोवार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु १६ करोड पाँच लाख ४१ हजार २८३ मा खरिद बिक्री भयो । यस्तै नेपाल पुनःबीमा कम्पनी रु १४ करोड ३४ लाख ४८ हजार ४६०, एनआइसी एशिया बैंक रु चार करोड ४८ लाख ७५ हजार ९५२, ग्लोबल आइएमई बैंक रु चार करोड ४४ लाख ६६ हजार ६५६ र हिमालयन डिष्टिलरी लिमिटेडको शेयर रु दुई करोड ८३ लाख १५ हजार ७१ मा कारोवार भयो ।

परिसूचक बढे पनि तिनाउ मिसन डेभलपमेन्ट बैंकका शेयरधनीले सबैभन्दा बढी ५.७६ प्रतिशतले गुमाए । यस्तै जोशी हाइड्रोपावर ५.५६, सोल्टी होटल लिमिटेड ४.९१, गुह्वेश्वरी मर्चेन्ट बैंक ४.५१, राधी विद्युत् कम्पनी ४.०२ र तारागाउँ रिजेन्सी होटल लिमिटेडका शेयरधनीले ३.५२ प्रतिशतले गुमाए ।

स्टकका अनुसार आज सबैभन्दा बढी सूर्योदय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.९९ प्रतिशतले कमाए । यस्तै स्वरोजगार लघुवित्त विकास बैंक ९.९८, गणपति माइक्रोफाइनान्स वित्तीय संस्था ९.९४, मिथिला लघुवित्त वित्तीय संस्था ९.९३ र एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.८९ प्रतिशतले कमाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us