काठमाण्डु, १५ असार– प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवका दाजु चन्द्रबहादुर चन्द पक्राउ परेका छन् ।
उक्त पार्टीका केन्द्रीय सदस्य एवं पीश्चम कमाण्ड इन्चार्ज चन्दलाई धरौटीमा रिहा भएलगत्तै सोमबार पुनः पक्राउ गरिएको हो । संगठित अपराध मुद्दामा दाङ जिल्ला अदालतले सोमबार चन्दलाई प्रहरीले पुनः पक्राउ गरेको हो ।
चन्दलाई पक्राउ गरी संगठित अपराध मुद्धामा कारबाहीका लागि काभ्रे पठाइएको नेपाल प्रहरीको प्रदेश–५ प्रवक्ता एसएसपी राजकुमार बैदावारले बताए । चन्दसहित सो पार्टीका २१ नेतालाई राप्ति ब्युरोको बैठक बस्न लागेका बेला प्रहरीले गत ३० असोजमा दाङको राजपुर गाउँपालिका–४ को मुग्रेठाबाट पक्राउ गरेको थियो ।
यसैबीच पुनः पक्राउ परेका चन्दले सरकार आफैंले कानून उल्लंघन गरेको आरोप लगाए ।