तोलामा ९० हजार नाघ्यो सुनको भाउ

काठमाण्डु टुडे २०७७ असार ७ गते १९:३८ मा प्रकाशित

काठमाण्डु, ७ असार–नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९० हजार रुपैयाँभन्दा माथि पुगेको छ ।

आइतबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको हो ।  छापावल सुनको मूल्य ९० हजार ६ सय र तेजाबी सुनको मूल्य ९० हजार तीन सय रुपैयाँ प्रतितोला पुगेको छ । नेपाली बजारमा सुनको यो मूल्य अहिलेसम्मकै उच्च हो ।

यस्तै चाँदीको मूल्य भने प्रतितोला ९ सय ४० मा कारोबार भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us