खुल्ने भयो शेयर बजार

काठमाण्डु टुडे २०७७ जेठ २५ गते १९:०० मा प्रकाशित

काठमाण्डु, २५ जेठ– लकडाउनपछि बन्द रहेको शेयर बजार अब भने खुल्ने भएको छ ।

नेपाल धितोपत्र बोर्डको वार्षिकोत्स समारोहलाई आइतबार सम्बोधन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजार खोलिने बताए । लामो समयसम्म शेयर बजार बन्द राख्न नमिल्ने उनको भनाइ थियो ।

उनले स्वास्थ्य र सुरक्षा सतर्कता अपनाएर बजार खोल्नुको विकल्प नहरेको धारणा व्यक्त गरे । ‘सधैं बजार बन्द गर्ने पक्षमा म छैन’, खतिवडाले भने, ‘सुरक्षा सतर्कता अपनाएर बजार खोल्नुपर्छ ।’ यद्यपि जोखिम अध्ययन गरेर मात्र लगानी गर्न अर्थमन्त्रीले लगानीकर्तालाई सुझाए । लकडाउनको बीचमा केही दिन खुलेको शेयर बजार लगातार ओरालो लागेपछि सर्किट ब्रेक भएको थियो ।

लगानीकर्ताकै आग्रहमा धितोपत्र बोर्डले शेयर बजार बन्द गराएको थियो । पछिल्लो समय भने लगानीकर्ता नै शेयर बजार खोल्नुपर्ने माग गरिरहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us