खुल्यो सुन पसल, तोलामै १० हजारले बढ्यो सूनको मूल्य

काठमाण्डु टुडे २०७७ जेठ २५ गते १४:०२ मा प्रकाशित

काठमाण्डु, २५ जेठ– नेपाली बजारमा आइतबारदेखि सुनको कारोबार सुरु भएको छ ।

लकडाउनपछि पहिलोपटक सुन कारोबार सुरु भएको हो । पहिलो दिन आइतबार छापावाल सुनको मूल्य प्रतितोला तोलाको ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ ।

यस्तै तेजावी सुनको मूल्य ८६ हजार ९सय ६० रुपैयाँ प्रतितोला छ । लकडाउनअघि गत१० चैतमा तेजाबी सुन तोलाको ७७ हजार थियो । साढे दुई महिनापछि बजार बजार खुल्दा तोलमा १० हजारले बढेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us