
काठमाण्डु, १ जेठ इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तर्गत गएराति भएको खेलमा कोलकाता नाईट राईडर्स विजयी भएको छ ।
कोलकाताले मुम्बईलाई ६ विकेटले पराजित गर्यो ।
कोलकातामा मुम्बईले दिएको १ सय ४२ रनको लक्ष्य घरेलु टोलीले ८ बल बाँकी छँदै पुरा गर्यो । उसका लागि रोविन उथप्पाले ८० रनको योगदान गरे ।
जितसँगै कोलकाता १० अंकका साथ चौथो स्थानमा छ भने हारपछि मुम्बई सेमिफाईनल नुपग्दै बाहिरिने अवस्थामा पुगेको छ ।