एनपीएलमा सगरमाथाको विजयी सुरुआत

काठमाण्डु टुडे २०७१ वैशाख ३१ गते १३:५२ मा प्रकाशित

धनगढी, ३१ वैशाख– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सगरमाथा लिजेन्डले विजयी सुरुआत गरेको छ ।

उदघाटन खेलमा बुधबार विशाल ग्रुप बर्दियालाई १ सय ७ रनको फराकिलो अन्तरले हराएको हो । टस हारेर पहिले व्याटिङको निम्तो पाएको गरमाथा लिजेन्डले विनोद भण्डारीको ९८ रनको योगदानले ४९ शदमलब ३ ओभरमा सबै विकेट गुमाएर २ सय ४२ रन बनाउन सक्यो ।

सगरमाथाका लागि दिलिप नाथले ३०, सुनिल धमला, शंकर राना र रुपेश श्रवास्तवले समान १६ रन बनाए ।  बलिङतर्फ विशालका राम नरेशले ३ तथा यज्ञमान कुमाल र सुशान भारीले समान २ विकेट लिए ।
जवाफी ब्याटिङमा उत्रिएको विशालले ३३.३ ओभर सवै विकेट गुमाएर १ सय ३५ रनमा समेटियो । उसका लागि राजु रिजालले ३७ तथा पारस खड्काले २२ रन जोडे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us