काठमाण्डु, १४ वैशाख– काठमाण्डुको तिलगंगामा कारको ठक्करबाट ट्राफिक प्रहरी घाइते भएका छन् ।
बा२१च ८५३० नम्बरको कारले गएराति ठक्कर दिँदा ड्युटीमा खटिएकी ट्राफिक जवान राधाकुमारी चन्द गम्भीर घाइते भएकी हुन् ।
उनको दुवै खुट्टामा गहिरो चोट लागेको महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले जनाएको छ ।
घाइते चन्दको केएमसी अस्पतालमा उपचार हुन नसकेपछि ललितपुरको बीएण्ड बी अस्पताल लगिएको छ ।
ठक्कर दिने कार र चालकलाई महानगरीय प्रहरी वृत्त गौशालाले नियन्त्रणमा लिएको छ ।